Skip to content

नेप्सेका अध्यक्ष र सीईओलाई गम्भीर आरोप लगाउँदै अर्थमा निवेदनः लेटर प्याड, छाप दुरुपयोगदेखि योग्यताको प्रश्नसम्म

nabil bank

काठमाडौं । नेप्से कर्मचारी संघले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई गम्भीर आरोप लगाएका छन् ।

संघले अध्यक्षलाई ७ र सीईओलाई ८ वटा आरोप लगाउँदै अर्थ मन्त्रालयलाई छानविन गर्न माग गरेको छ । संघले नेप्सेका सीईओ चुडामणी चापागाईको नियुक्तिमा प्रश्न गरेका छन् । उनलाई नियुक्ति सम्बन्धी मन्त्रिपरिषदको विवादित रहेको दाबी गरेका छन् । पहिले भएको मन्त्रिपरिषदको निर्णयलाई उल्टाएर नियुक्ति लिएको आरोप लगाएका छन् ।

सीईओ नियुक्तिका लागि आवेदनका साथ पेश गर्नपर्ने बिजनेश प्लान लगायतका आवश्यक कागजातहरु पेश नगरेको, चापागाईले पेश गरेको अनुभव सम्बन्धी कागजातहरु धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ (क) मा भएको व्यवस्था र अर्थ मन्त्रालयबाट २०८१ फागुन १२ गते नेप्सेको सीईओ सिफारिस सम्बन्धी पदपूर्ति समितिको सूचनामा उल्लेख भएबमोजिमको छनोट मापदण्ड बमोजिम नभएको दाबी गरेको छ ।

संघले मन्त्रालय र सीईओबीच हुनुपर्ने कार्यसम्पादन सम्झौता नगरेको, हालसम्म सम्झौता बेगर तलब भत्ता तथा अन्य सुविधा लिइरहेको, आईएसआईएन, क्लोजिङ प्राइस लगायत दोस्रो बजारका जल्दाबल्दा समस्या समाधान गर्न नसकेको, कार्यालयको मुख्य चलानी किताब प्रयोग नगरी नक्कली चलानी किताब खडा गरी कार्यालयको लेटर प्याड छापको दुरुपयोग गरेको, बिहान सबेरै र राती लुकीलुकी हाजिर गरेको, कार्यालय समयमा अनुपस्थित भएको र प्री आईपीओको नाम दिई सर्वसाधारणलाई अनाधिकृत रुपमा सेयर बिक्री गर्ने कार्यमा संलग्न रहेको दाबी गरेको छ ।

यस्तै संघले अध्यक्ष हेमन्त बस्याललाई ७ वटा आरोप लगाएको छ । सघका अनुसार निजी कन्स्ल्ट्यान्ट ‘बस्याल एन्ड कम्पनी’ चलाएर बसेको व्यक्ति ल्भ्एक्भ् को अध्यक्ष हुन सक्ने नसक्ने ? नेप्सेसँग बस्याल एन्ड कम्पनीको पुरानो भुक्तानी विवाद रहेकै अवस्थामा स्वार्थ बाझिने गरी नेप्सेको अध्यक्ष पदमा बस्यालले नियुक्ति लिएको, नेप्सेको सीईओ छनौट प्रक्रियामा उम्मेदवार भइ असफल भएको व्यक्ति त्यो भन्दा माथिल्लो पद नेप्से सञ्चालक समितिको अध्यक्ष हुन सक्ने नसक्ने ?

अन्य कम्पनीमा सीईओ मासिक ४ लाख रुपैयाँ तलब र अन्य सुविधा छोडेर नेप्सेमा प्रति बैठक २ हजार ५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुको नियत के हो रु जेनजी आन्दोलनका कारण देश जलिरहेका बेलामा हतार हतारमा नेप्से अध्यक्षका रुपमा सपथ ग्रहण गर्ने र कार्यकारीको रुपमा प्रस्तुत हुन खोज्नुको कारण के हो ?

नेप्से पुर्नसंरचनालाई असफल बनाउन विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा लगातार तथ्यहिन भ्रमपूर्ण अभिव्यक्ति दिदै स्वार्थी व्यापारिक समूहको निर्देशन अनुसार परिचालित भएको दाबी गरेको छ । यस्तै संगठनको अभिन्न अंगको रुपमा रहेका कर्मचारीहरुलाई धम्काउने, कार्यवातावण बिथोल्ने, कर्मचारी विरोधी गतिविधि गरेको दाबी संघको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime