Skip to content

एकै दिन तोलामा ७ हजार १ सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा नै ७ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ७ हजार १ सय रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । बिहीबार २ लाख ५० हजार ९ सय रुपैयाँ रहेको छ । यो मूल्य हालसम्मकै धेरै हो ।

आज चाँदीको मूल्य ७५ रुपैयाँले बढेको छ । बिहीबार ३ हजार २७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ३ हजार ३५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime