Skip to content

चालू आर्थिक वर्षको ३ महिनामा १८.५६ प्रतिशत बजेट खर्च

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

कार्यालयका अनुसार असोज मसान्तसम्ममा चालुगत शीर्षकमा वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँखर्च भएको छ । यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव सात प्रतिशत अर्थात् १९ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात्रु ८८ अर्ब ६० करोड रुपैयाँबराबर खर्च भएको छ ।

यही अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा हालसम्म २ खर्ब ५३ अर्ब १८ करोड ७९ रुपैयाँ असुली भएको हो ।

आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने सरकारी लक्ष्य रहेकामा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत अर्थात् २ खर्ब ४९ अर्ब पाँच करोड १४ लाख रुपैयाँ असुली भएको छ ।

यसैगरी ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् २ अर्ब ७२ लाख रुपैयाँ प्राप्ति भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime