Skip to content

सानिमा बैंकका सीईओको तलब भत्ता १ करोड १९ लाख, सञ्चालकले बुझे साढे ५९ लाख बढी

nabil bank

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १ करोड १९ लाख ३६ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई कर्मचारी विनियमावली अनुसार कर्जासापट लगायतका अन्य सुविधाहरु उपलब्ध गराइएको जनाको छ । यस्तै प्रचलित वोनस ऐन अनुसार वोनस प्रदान गर्ने गरिएको छ । बैंकले सीईओलाई भुक्तान गरेको उक्त रकमबाट राज्यलाई ३९ प्रतिशत कर तिरेको छ ।

बैंकले गत आवको सञ्चालकलाई ५९ लाख ५८ हजार रुपैयाँ भत्ता भुक्तानी गरेको छ । बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता १८ हजार र सदस्यहरुलाई १५ हजार उपलब्ध गराइएको छ ।

सो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेट आदि खर्च बापत प्रति सदस्य मासिक १२ हजार, उपलब्ध गराउने जनाएको छ ।

यो बाहेक अन्य कुनै सुविधा प्रदान गरिएको नगरेको जनाएको छ । उपरोक्त भत्ता तथा सुविधाहरूमा प्रचलित कानून अनुसार करकट्टी गरेर मात्र भुक्तानी गर्ने गरिएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime