काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँको बीमा सुरक्षा प्रदान गर्ने भएको छ ।
यसअन्तर्गत राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश हुनेछ, जसले खेलाडीहरूलाई आकस्मिक दुर्घटनाबाट पनि स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने छ । कम्पनीको यस कदमबाट खेलालीहरुलाई थप प्रोत्साहन मिल्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार, यो योगदान ‘सुरक्षामार्फत साहस र प्रेरणा’ भन्ने सन नेपाल लाइफको विश्वासलाई प्रतिबिम्बित गर्छ- जब हाम्रो हिरोहरू सुरक्षित हुन्छन्, तब उनीहरू अझै जोशका साथ राष्ट्रको गौरवका लागि खेलेका हुन्छन् ।
यो पहलमार्फत सन नेपाल लाइफ इन्स्योरेन्सले राष्ट्रको प्रतीक बन्ने हरेक नेपालीप्रति आभार प्रकट गर्दै ‘जीवन सुरक्षित, सपना सशक्त’ बनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।






प्रतिक्रिया दिनुहोस्