Skip to content

तीन वर्षदेखि लाभांश दिएको नेशनल फण्ड म्यानेजमेन्टको साधारणसभा सम्पन्न

nabil bank

काठमाडौं । विगत तीन वर्षदेखि लगातार लाभांश दिइरहेको
नेशनल फण्ड म्यानेजमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

गत बिहीबार फण्डले सभा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

फण्डले आव २०८०/०८१ मा करसहित ५ प्रतिशत र आव २०७९/०८० मा करसहित ४.२१ प्रतिशत लाभांश दिइसकेको छ ।

स्थापनाकाल देखि नै लाभांश वितरण गर्न सफल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म, सात ठूला संस्था (सार्वजनिक र बैंक) द्वारा प्रवद्र्घित तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त रहेको छ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले “नेशनल इक्वीटी फण्ड १” र “नेशनल हाइड्रो फण्ड-२” नामक प्राइभेट इक्विटी फण्ड संचालन गर्दै आएको छ ।
कोष व्यबस्थापकको रुपमा कुल ४ अर्ब ५४ करोड रुपैयाँको सम्पत्ति व्यबस्थापन गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime