काठमाडौं । आइतबार सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार मापक नेप्से सूचक १६.६७ अंकले बढेर २५०३.८५ बिन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १८.४० अंकले घटेको थियो ।
सेयर बजारमा सुधार देखिएको भए तापनि सेयर कारोबार रकममा भने गिरावट देखिएको छ । गत बिहीबार ३ अर्ब २७ करोड ५४ हजार ८६४ रुपैयाँको कारोबार भएको सेयर बजार आज २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएको १३ उपसमूहमध्ये ३ उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी १० उपसमूहको सेयर मूल्य बढेको छ । आज कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्