Skip to content

तिहार सुरु, सुनचाँदी पसलमा सर्वसाधारणको भीड (तस्बिरहरू)

nabil bank

काठमाडौं । हिन्दुहरूको दोस्रो महानचाड तिहार आजदेखि विधिवत् आरम्भ भएको छ ।

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाइने गरिन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकोले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो ।

तिहार सुरु भएसँगै आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइएको छ । धनतेरसकै अवसरमा आज नयाँसडकका सुनचाँदी पसलमा सर्वसाधारणको भीड लागेको छ । आजको दिन विशेष गरी धातुको सामग्री किन्न प्रचलन रहेको छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime