Skip to content

कसले कहाँ आयोग बनाउँछन्, त्यहाँ लुरुलुरु गएर बयान दिन्नः ओली

‘प्रधानमन्त्री कार्कीले शपथ नलिएसम्म मेरो मोबाइल सिज गरिएको थियो’

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको आयोगमा गएर लुरुलुरु बयान नदिने दाबी गरेका छन् । आज सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले आफूले सरकारले बनाएको समितिमा कुनै हालतमा बयान दिन नजाने दाबी गरेका छन् ।

‘केपी ओली कसकसले कहाँ-कहाँ आयोग बनाउँछन्, त्यहाँ लुरुलुरु गएर बयान दिँदैन’, उनले भने । यस्ता छानबिन आफ्ना लागि गृहमन्त्री भएको समयमा तीन दशक अघि पनि बनेको स्मरण गराए ।

छलफलमा ओलीले जेनजी आन्दोलनको समयमा (भदौ २३,२४ गते) पनि आफ्नो मोबाइल सिज भएको खुलासा गरेका छन् । ओलीले आफ्नो मोबाइल कसले सिज गर्यो भन्ने खुलासा गरेनन् । ‘प्रधानमन्त्रीको शपथसम्म मेरो मोबाइल सिज गरियो’ ओलीले भने,  ‘प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मेरो हातमा मोबाइल परेको हो ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi