काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
क्यूआर कोडको स्क्यान गर्दा सतर्क रहन आग्रह गरेको छ । पैसा पठाउन क्यूआर कोड स्क्यान गर्नुपर्छ भने, पैसा प्राप्त गर्न क्यूआर कोड स्क्यान गर्नु नपर्ने जनाएको छ ।
पैसा पठाउँदा क्यूआर कोड स्क्यान गर्नुपर्ने जनाएको छ । पैसा प्राप्त गर्न भुक्तानी गरिदिने व्यक्तिलाई आफ्नो क्यूआर कोड दिनुपर्छ ।
कसैले क्यूआर कोड पठाएर पैसा पठाउँदैछु, स्क्यान गर्नुहोस् भन्यो भने त्यस्तो नगर्न अनुरोध गरेको छ । कसैले यसो गरेमा यो एक किसिमको वित्तीय ठगी हुने जनाएकै छ ।






प्रतिक्रिया दिनुहोस्