Skip to content

राष्ट्रिय सम्मानसहित महाकाली नदीमा विपिन जोशी अन्त्येष्टि

nabil bank

काठमाडौं । आज विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । आज बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

कञ्चनपुरको भिमदत्तनगरपालिका– ८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको छ । इजरायली राजदूत श्मुलिक आरी बाससहितको टोलीले परिवारलाई समवेदना दिएको छ ।

सोमबार इजरायलबाट काठमाडौं ल्याइएको शवलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्‍याइएको शव परिवारलाई बुझाइएको थियो।

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime