Skip to content

मोबाइल बैंकिङबाट हुने कारोबार एक वर्षमा २८.५२ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा मोबाइल बैंकिङबाट हुने भुक्तानी २८..५२ प्रतिशतले बढेको छ ।

गत आवको भदौ मसान्तसम्ममा ३ खर्ब ६४ अर्ब २७ करोड ७० लाख रुपैयाँ मोबाइल बैंकिङबाट भुक्तानी भएको थियो । चालु आवको सोही अवधिमा बढेर ४ खर्ब ६८ अर्ब १५ करोड ४० लाख रुपैयाँ मोबाइल बैंकिङबाट भुक्तानी भएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवको भदौ मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ५२ लाख ७ हजार १२२ जना रहेका थिए । चालु आवको सोही अवधिमा २ करोड ८२ लाख ४० हजार १०६ रहेको छ ।
राष्ट्र बैंकका अनुसार कारोबार संख्याको हिसाबले साउनको तुलनामा भदौमा केही बढेको भएपनि रकमको हिसाबमा साउनको चुलनमा भदौमा मोबाइल बैंकिङबाट हुने कारोबार घटेको छ ।
गत महिना अर्थात साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७९ लाख ८८ हजार ७०८ रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनामा ६ करोड २५ लाख ८९ हजार २६४ पटक मोबाइल बैंकिङबाट कारोबार भएको छ । साउनमा भने ६ करोड ३१ लाख ७४ हजार ५९४ पटक काराबोर भएको थियो । साउनको तुलनामा भदौमा केही कम देखिएको छ ।

राष्ट्र बैंकका भदौमा २ करोड ८२ लाख ४० हजार १०६ जनाले ६ करोड २५ लाख ८९ हजार २६४ पटकमा ४ खर्ब ६८ अर्ब १५ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ । साउनमा २ करोड ७९ लाख ८८ हजार ७०८ जनाले ६ करोड ३१ लाख ७४ हजार ५९४ पटकमा ४ खर्ब ७४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको थियो ।

रकमका हिसाबले साउनको तुलनामा भदौमा यस्तो कारोबारमा केही कमी आएको छ । तै पनि पछिल्लो समय मोबाइल बैंकिङ कारोबारले प्राथमिकता पाएको छ । नेपालमा स्मार्ट फोन प्रयोगकर्ताको संख्या दैनिकजसे बढ्दो छ । जसले गर्दा मोबाइल बैंकिङबाट हुने कारोबार पनि बढ्दो छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime