काठमाडौं । कामना सेवा विकास बैंकको ठूला सेयरधनीमा विभिन्न २५ व्यक्ति तथा कम्पनी रहेका छन् ।
बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व तुलसा पाण्डेको २.४३३ प्रतिशत, इन्टिग्रा स्रोर्स प्रालिको १.९९६ प्रतिशत, सिता आचार्यको १.७५८ प्रतिशत, श्रीराम पाण्डेको १.३८५ प्रतिशत, सिताराम उप्रेतीको १.३६६ प्रतिशत, मदन खनालको १.०७१ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको १.०५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै जनार्दन देव पन्तको ०.९७३ प्रतिशत, राम प्रसाद पोखरेलको ०.९४५ प्रतिशत, रवि बहादुर थापाको ०.९३१ प्रतिशत, चक्रपाणी बास्तोला ०.८२३ प्रतिशत, भिम प्रसाद तुलाचनको ०.८१६ प्रतिशत, बाबुराम पन्तको ०.७८७ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै भिमराज अधिकारीको ०.७५९ प्रतिशत, प्रकाश क्षेत्रीको ०.७४५ प्रतिशत, माया होल्ड प्रालीको ०.७२१ प्रतिशत, कमल राज उदयको ०.७१९ प्रतिशत, दिवान सिंह थापाको ०.७१९ प्रतिशत, लिला गौचनको ०.६९७ प्रतिशत, राज कुमार अमात्यको ०.६५८ प्रतिशत, भरतराज कोइरालाको ०.५६५ प्रतिशत, गौ माता इन्भेष्टमेन्ट कम्पनीको ०.५५८ प्रतिशत, दिपक खरेलको ०.५४४ प्रतिशत, क्यालिबर इन्भेष्टमेन्ट कम्पनीको ०.५२२ प्रतिशत र भक्तराम ज्ञवालीको ०.५११ प्रतिशत सेयर स्वामित्व छ ।






प्रतिक्रिया दिनुहोस्