Skip to content

काठमाडौँमा यसरी मनाइँदैछ न्हु दँया भिन्तुनाः स्वागत गरियो नेपाल सम्वत ११४६ (फोटो फिचर)

nabil bank

काठमाडौं । बसन्तपुर काठमाडौंमा आज धिमेलगायत परम्परागत बाजा साथै नेवारी पहिरनमा सजिएर नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍यालीसहित कार्यक्रम गरिएको छ ।

नेपाल सम्वत ११४६ को भिन्तुना र्‍याली निकालिएको हो । न्हुदँया भिन्तुना । अर्थात् नयाँ वर्षको शुभकामना । र, यो शुभकामना हो, नेपाल संवत् ११४६ को अवसरमा काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो । कात्तिक शुक्लपक्षदेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ। नेपाल संवत् चन्द्रमासमा आधारित छ ।

लिच्छविकालमा कुन संवत् चलनचल्तीमा थियो, त्यसबारे समान धारणा पाइन्न । लिच्छविकालपछि भने हाम्रोमा नयाँ संवत् चलनचल्तीमा आएको देखिन्छ ।

लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा ‘म्हस्पूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको पाइन्छ । म्हःपूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । म्ह अर्थात् शरीर ।

नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको छ । यसलाई विशेषतस् काठमाडौं उपत्यका भक्तपुर ललितपुरमा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ ।

 

तस्बिरः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime