Skip to content

पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका (तस्बिरहरू)

nabil bank

काठमाडौं । पोखरामा विदेशी पर्यटकले भाइटिका ग्रहण गरेका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा आयोजना गरेको भाइटिका महोत्सवमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई बिहीबार भाइटिका लगाइएको हो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रबर्द्धन न गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । भाइटिका लगाउने कार्यक्रममा उत्साहपूर्ण रुपमा विदेशी पर्यटक सहभागी भएको सुवेदी बताए ।

महोत्सवमा तिहारको महत्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिराइएको थियो ।

                                                                                                                             

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime