काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको आम्दानीमा व्यापक गिरावट आएको छ ।
कम्पनीको खुद नाफा ३७ प्रतिशतले घटेको तेस्रो त्रैमासको रिपोर्टमा उल्लेख छ ।
सेप्टेम्बरसम्म टेस्लाले तिरेको राजस्व २८ अर्ब डलर पुगेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले धेरै हो ।
कम्पनीले कर क्रेडिटको म्याद सकिनुअघि अमेरिकी ग्राहकहरूले गरेको भारी खरिदका कारण यो वृद्धि भएको बताएको छ ।
अहिले टेस्लाको सेयर मूल्य ३.८ प्रतिशतले घटेको छ ।






प्रतिक्रिया दिनुहोस्