काठमाडौं । आज भाइटिकाको दिन देशको मौसम सामान्य हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ भने सबै प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
आज राती सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने छ र कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।






प्रतिक्रिया दिनुहोस्