काठमाडौं । नेपालको पुँजी बजारमा डिजिटल पहुँच तीव्र गतिमा फैलिँदै गएको छ । सिडीएससीका अनुसार हालसम्म ७१ लाख २३ हजार ७१५ डिम्याट खाता रहेका छन् ।
डिम्याट खाता खोलेका मध्ये ६२ लाख ८३० जनाले मेरो सेयर सेवा लिइरहेका छन् । सेवा लिएर पनि सकृय रुपमा प्रयोग गर्नेको संख्या ४३ लाख ९२ हजार ३४७ जना रहेका छन् ।
सिडीएससीका अनुसार बजारमा हाल १४ अर्ब ७७ करोड ९८ लाख ६४ हजार २७२ कित्ता सेयरहरू डिम्याट भएका छन् । १५ अर्ब ७ करोड ३० लाख ९ हजार १३९ कित्ता सेयर सूचीकृत छन् ।
पछिल्लो समय सेयर कारोबार अनलाइनबाट हुने गरेको छ । अहिले साधारण सेयरमा आवेदन, दोस्रो बजारमा कारोबार पनि अनलाइनबाट हुने गरेको छ । भुक्तानीका लागि पनि नगद चाँहिदैन । यसले पनि डिम्याट, मेरो सेयर प्रयोगकर्ता बढिरहेका छन् । अनलाइनले बजारलाई पारदर्शी समेत बन्न सहयोग गर्ने गरेको छ ।






प्रतिक्रिया दिनुहोस्