काठमाडौं । जेनजी समूहहरूलाई एकताबद्ध हुन आह्वान गर्दै र सहिदहरूको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
‘जेन–जी युनाइटेड’ को नामबाट गरिएको प्रदर्शनमा युवा तथा बालबालिकाहरू र सहिद परिवारका सदस्यहरू पनि सहभागी छन्।
‘जेन–जी युनाइटेड’ का प्रदर्शनकारीहरूले हातमा प्लाकार्ड बोकेका थिए। प्लाकार्डमा ‘रगतको बलिदान बिर्सनु अपराध हो,’ ‘जेनजी एक हौँ’ जस्ता नाराहरू लेखिएका थिए।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी




















प्रतिक्रिया दिनुहोस्