काठमाडौं । मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु भएको छ । यो चिसो मौसमसँगै आएका छन् बसाइँ सर्ने चराहरु । बसाइसराइँ गरी बर्सेनि १०० भन्दा बढी प्रजातिका चराहरु नेपाल आउने गर्छन् ।
त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरु हुन्छन् । चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरु चराहरु पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्छन् ।
हालसम्म ९०० भन्दा बढी प्रजातीका चराहरु नेपालमा अभिलेख भएका छन् । कैयौं प्रजातीका चराहरु नेपालमा बिश्राम मात्र गरेर अन्य देशहरुमा जाने गर्छन् भने कर्याङकुरुङ जस्ता अन्य कैयौं प्रजातीका चराहरु नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन् ।
जाडो याममा नेपाल आउने चराहरुले कोशी , कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिसपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठूला ठूला नदी र पोखरीहरुमा बस्न रुचाउने गर्छन् । हरेक वर्ष जनावरी महिनामा देश वरिपरीका प्रमुख बासस्थानहरुमा बसाइँ सरेर आउने पनि चराहरुको गणना हुन्छ र लाखौंको सङ्ख्यामा अभिलेख गरिन्छ ।
चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्र्छे, आदि चराहरु ठूलो सङ्ख्यामा नेपाल आउने गर्छन भने श्वेतमाथा कलहाँस, देवदूत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम संख्यामा आउने गर्छन् ।

देशका विभिन्न ताल, नदी र स्थानहरु खिचिएका बसाइसराइँ गरी आएका चराहरू ।



















प्रतिक्रिया दिनुहोस्