काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको मूल्यमा भारि गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कात्तिक ३ गते सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । आज आइतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत कात्तिक ३ गते सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।






प्रतिक्रिया दिनुहोस्