काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा सबैभन्दा धेरै आयात हुने वस्तुमा कच्चा सोयाविन तेल परेको छ । भन्सार विभागका अनुसार चालु आवको तीन महिनामा नेपालले ३० अर्ब २४ करोड रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात गरेको छ ।
यसैगरी, यस अवधिमा सबैभन्दा धेरै आयात हुने दोस्रो वस्तुमा डिजेल रहेको छ । डिजेल आयात २० अर्ब ६९ करोड रुपैयाँ बराबर भएको छ । रासायनिक मल तेस्रो स्थानमा छ । जुन १७ अर्ब ११ करोड रुपैयाँ बराबरको भएको छ ।
पेट्रोल चौथो स्थानमा छ । तीन महिनामा १६ अर्ब ७६ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । खाना पकाउने एलपीजी ग्यास १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा स्मार्ट फोन मात्र १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको भित्रिएको छ ।






प्रतिक्रिया दिनुहोस्