Skip to content

केडिया ग्रुपको खाने तेल प्रशोधन गर्ने कम्पनीले १ वर्षमा साढे ९ अर्बको व्यापार गर्यो

nabil bank

काठमाडौं । केडिया ग्रुपको सुशील वनस्पति प्रालिले एकै वर्ष साढे ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कच्चा तेल आयात गरी प्रशोधन गर्ने यस कम्पनीले कम्पनीले गत आर्थिक वर्षमा ९ अर्ब ५२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

यस कम्पनीले कम्पनीले सन् २०२४ मा १ अर्ब ८२ करोड र सन् २०२३ मा ३ अर्ब ५३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, कम्पनीले सन् २०२२ मा ९ अर्ब ८४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यस कम्पनीले कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ९९ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको हो ।

सन् १९८८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा तेल आयात गरी आन्तरिक बजारसँगै भारतमा निर्यात गर्दै आएको छ । कम्पनीले तेल प्रशोधनका लागि आवश्यक कच्चा तेल क्यानाडा, अमेरिका, मलेसिया र इन्डोनेसियाबाट आयात गर्दै आएको छ ।

कम्पनीले राजहंस ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । रतनलाल केडिया अध्यक्ष रहेको कम्पनीमा ५० प्रतिशत उनैको स्वामित्व छ । बाँकी ५० प्रतिशत उनका परिवारको स्वामित्व छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime