Skip to content

मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारविरुद्ध १ वर्षअघि जारी भएको थियो पक्राउ पुर्जी

nabil bank

काठमाडौं । जेनजी आन्दोलनबाट बनेको सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउन खोजेका खगेन्द्र सुनार फरार अभियुक्त रहेको पाइएको छ ।

आज बिस्तार हुने भनिएको मन्त्री मण्डलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाउन लागेका सुनार फौजदारी मुद्दामा फरार अभियुक्त रहेको पाइएको छ । दैलेख जिल्ला नारायण नगरपालिका–२ भैसेखोरका सुनारविरुद्ध २०८१ असार २१ गते सुर्खेत जिल्ला अदालतले ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।

उनले स्वास्थ्य संस्था तोडफोड गरेको तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका भन्दै सुनर विरुद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अदालतले सुनारलाई पक्राउ गर्न पक्राउ पुर्जी नै जारी गरेको थियो ।

अदालतबाट जारी भएको पक्राउ पुर्जीमा ‘जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं.८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा.सोजन सापकोटाको जाहेरी – प्रतिवेदन -सूचना -उजुरीले वादी नेपाल सरकार र प्रतिवादी मैना बि.क. समेत भएको स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात मुद्दा मिति २०८१।०३।१४ गते यस अदालतमा दायर भएकाले अनुपस्थित देहायका अभियुक्त- प्रतिवादीलाई पक्राउ गरी ल्याउन यो ७ (सात) दिने पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ पुर्जीमा उल्लिखित अवधिभित्र अभियुक्त- प्रतिवादीलाई यस अदालतमा उपस्थित गराउनु होला । सो अवधि भित्र निज पक्राउ भै नआएमा यसै साथ संलग्न रहेको ३५ (पैतिस) दिने पक्राउ पुर्जी तामेल गरी तदारुखताका साथ खोज तलास गर्दै रही निजलाई पक्राउ गरी यस अदालतमा उपस्थित गराउनु होला’ भन्ने उल्लेख छ ।

यस्तै सुनार विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । उक्त मुद्दामा उनी अझै पक्राउ गरेका छैनन् ।

उनी नेपाली कांग्रेस निकट मानिन्छन् । उनी २०७८-७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime