Skip to content

सीईओ खोज्दै नेप्सेका कर्मचारी ३४ दिनदेखि आन्दोलनमा

nabil bank

काठमाडौं । सीईओ खोज्दै  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी ३४ दिनदेखि आन्दोलनमा रहेका छन् । नेप्सेका कर्मचारीले कामकारबाही नरोकी विरोधका कार्यक्रम लागि रहेका हुन् ।

श्रम अदालतको आदेशविपरीत नेप्सेको सञ्चालक समितिले निर्णय गरेको भन्दै गत असोज ७ गतेदेखि नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका थिए। अर्थ मन्त्रालयको स्वीकृति लिएर नेप्सेले कर्मचारीहरूलाई वार्षिक १ प्रतिशत बोनस वितरण गर्दै आएको छ। तर, नेप्सेले राम्रो नाफा गरिरहेकाले ५ प्रतिशतसम्म बोनस पाउनुपर्ने माग राख्दै आएका थिए।

केही वर्षदेखिको यो विवाद लिएर कर्मचारीहरू श्रम अदालत गएका थिए। २०८२ असार ५ गते नेप्सेका कर्मचारीहरूको पक्षमा अदालतले फैसला सुनाए पनि सञ्चालक समितिले त्यसअनुसार निर्णय नगरेपछि लगानीकर्ता आन्दोलनमा गएका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime