काठमाडौं । जेनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
आज अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध कामकारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट निवेदन दर्ता गरेका हुन् ।
रिटमा अध्यक्ष कार्की र सदस्य एंव प्रवक्त समेत रहेका शर्मामाथि जाँचबुझका विषयमा पूर्वाग्रही रहेको आरोप लगाइएको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ ।






प्रतिक्रिया दिनुहोस्