काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले ६६ लाख ४७ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको हो ।
साउन, भदौ, असोजमा १९ हजार ३१५ किलो टुथपिक आयात गर्दा ६६ लाख ४७ हजार रुपैयाँ बाहिरिएको छ । उक्त रकम बाहिरिँदा राज्यले भने २५ लाख ४४ हजार रुपैयाँ राजस्व पाएको छ ।
नेपालमा टुथपिक आयात चीन, भारत, थाइल्याण्डबाट आयात हुने गरेको छ । सबैभन्दा बढी टुथपिक चीनबाट ६६ लाख २ हजार रुपैयाँको १९ हजार १३ किलो आयात भएको छ ।
यस्तै भारतबाट ३४ हजार रुपैयाँको १०० किलो टुथपिक आयात भएको छ । यस्तै थाइल्याण्डबाट ११ हजार रुपैयाँको २०२ किलो टुथपिक आयात गरेको भन्सार विभागले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्