काठमाडौं । प्रभु बैंकले १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८ सय ७ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ।
बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त सेयर यसअघि नै बिक्रीमा राखिसकेको थियो । संस्थापकले नकिनेपछि सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
उक्त सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।







प्रतिक्रिया दिनुहोस्