Skip to content

आज पहाडी र हिमाली क्षेत्रमा पानी र हिँउ पर्ने

nabil bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । विभागले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जनाएको छ ।

आज देशभर आंशिक बदली रहने छ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै विभागले कार्तिक ११ गते (मंगलबार) गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime