काठमाडौं । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गरेको छ । नवप्रवर्तन र उद्यमशीलताको उत्सवको विशेष क्षणमा यी नयाँ डिभाइसहरू सार्क ट्यांक नेपालका सार्कहरूलाई प्रस्तुत गरेको छ ।
यस कार्यक्रमले सामसङ नेपाल, सांक ट्यांक नेपाल र हिमालय टिभीबीचको सहकार्यलाई झल्काउने बताइएको छ । यस कार्यक्रमले दुई अग्रगामी शक्तिहरू, अत्याधुनिक प्रविधि र साहसी उद्यमशीलताबीचको सहकार्यको प्रतीक प्रस्तुत गरेको बताइएको छ ।
व्यापारिक दृष्टिकोणका लागि परिचित सार्कहरूले सामसङका नयाँ पुस्ताका फोल्डेबलहरूमा समावेश क्रान्तिकारी डिजाइन, प्रदर्शन र एआई–समर्थित विशेषताहरूको अनुभव गरे ।
एमएक्स सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले सामसङ सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउन सहयोग गर्दै आएको बताए । नयाँ ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक रहेको उनले बताए ।
ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्याउने र फोल्डेबल प्रविधिलाई थप आकर्षक बनाएको उनले बताए ।






प्रतिक्रिया दिनुहोस्