काठमाडौं । साताको दोस्रो दिन सोमबार सुन–चाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ रहेको थियो ।
सुनसँगै सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य तोलाको ३ हजार १५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्