Skip to content

वीरगञ्जको घडिअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न (तस्बिरहरू)

nabil bank

काठमाडौं । वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व सम्पन्न भएको छ । ब्रतालुहरु बिहानैदेखि पोखरीमा उभिएर उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गरीएको हो ।

हरेक वर्ष कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।

मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ्य दिएपछि चार दिनसम्म मनाइने छठ पर्व विधिवत् रूपमा समापन गरिएको हो ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठेकुवा, भुसुवा, मिष्ठान्न परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime