काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक अपचलनमा मुछिएका प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्त शिव कुमार श्रेष्ठका अनुसार भट्टचन ललितपुर जिल्लाको गोदावरी नगरपालिका–३ टौकेलबाट पक्राउ परेका हुन् ।
भट्टचनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा सीआईबीले पक्राउ गरिएको हो ।
भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोप छ । उनलाई प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले यसअघि नै जाहेरी दिएकी थिइन ।
२०८१ असोज ११ गते सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि प्रहरीमा जाहेरी पठाएको थियो । त्यो बेला अनुसन्धान अघि बढ्न सकेको थिएन । अहिले भने सीआईबीले पक्राउ गरेको छ ।






प्रतिक्रिया दिनुहोस्