काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ । यसैगरी, आज भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज भने २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।






प्रतिक्रिया दिनुहोस्