Skip to content

इक्रा नेपालले ४७.३१ प्रतिशत लाभांश दिने, के–के छन् अन्य एजेन्डा ? 

nabil bank

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले आफ्ना  लगानी कर्तालाई ४७.३११४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले  हाल कायम चुक्ता पुँजीबाट आफ्ना संस्थापक सेयर धनीलाई कर प्रयोजनसहित ४७.३११४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यसैगरी, कम्पनीले सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्न साधारणसभाबाट स्वीकृत लिने विशेष प्रस्ताव पनि राखेको छ । कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आव २०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । यसैगरी, लेखा परीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार कम्पनीको आ.व. २०८२/८३ को हरहिसाबहरू लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने  एजेन्डा पनि रहेको छ ।

यसैगरी, कम्पनीको वर्तमान लेखापरीक्षक पिकेएफ टिआर उपाध्या एण्ड कम्पनी पुनः नियुक्ति हुन सक्ने सम्भावना रहेको पनि कम्पनीले जनाएको छ । यसैगरी, नियमावलीको नियम २७ बमोजिम सञ्चालक समितिको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime