Skip to content

जेनजी आन्दोलनः एमाले केन्द्रीय कार्यालयमा १० करोड बढीको क्षति, भवनको मर्मत सुरु

nabil bank

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको नेपाल कम्युनिष्ट पार्टी एमालेले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ । आन्दोलनका क्रममा आगजनि भएको कार्यालयमा १० करोड भन्दा बढी क्षति भएको छ ।

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले मर्मत सुरु गरेको सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनले तोडफोड र आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रङ्गरोगनको काम सुरु भएको बताए ।

इन्जिनियरले बुझाएको प्रतिवेदनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रबलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत थालेको हो । आगजनी र तोडफोड भएपछि कार्यालयको भवन नहुँदा पार्टी कार्यालय परिसरमा कात्तिक ८ गतेदेखि पाल टाँगेर अस्थायी रुपमा कार्यालय सञ्चालन गरेको छ ।

गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime