काठमाडौं । गोर्खाज फाइनान्सबाट अध्यक्ष र सञ्चालक बाहिरिएका छन् ।
फाइनान्सका अध्यक्ष गौरब बुढाथोकी आइतबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका छन् ।
अध्यक्ष बुढाथोकीले दिएको राजीनामा आज बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
यस्तै आजको बैठकले संस्थापक सञ्चालक कल्पना खापुङलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
फाइनान्सबाट सञ्चालक नीलम बोहराले पनि राजीनामा दिएकी छिन् । उनले व्यक्तिगत कारण देखाएर दिएको राजीनामा आज स्वीकृत भएको छ ।






प्रतिक्रिया दिनुहोस्