काठमाडौं। राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘सेवा र शर्त सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२र०७र११ गतेदेखि लागू हुने गरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनुभएको छ ।’







प्रतिक्रिया दिनुहोस्