Skip to content

जेनजी आन्दोलन: दशकौँदेखि थुप्रिएको विकासप्रतिको निराशा र राज्यको बेवास्ताको प्रतिफल होः उद्योगी विनोद चौधरी

nabil bank

काठमाडौं । उद्योगी तथा कांग्रेस नेता विनोद चौधरीले जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभइ यो दशकौँदेखि थुप्रिएको विकासप्रतिको निराशा र राज्यको बेवास्ताको प्रतिफल भएको बताएका छन् ।

बर्दघाट नगरपालिका–७ स्थित आफ्नो घरमा पुगेका उनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनको घरमा आगजनी भएको थियो ।

आगजनी घरमा पुगेका उनले आफूले सधैं आर्थिक विकासलाई राज्यको मूल एजेन्डा बनाउनुपर्छ भनेर जोड दिँदै आएको बताए । ‘दुर्भाग्यवश, युवाको मनमा अब देश बन्छ भन्ने आशा मर्दै गएको छ’ उनले भने, ‘जेनजीको आवाज उत्पीडनविरुद्धको हो, उनीहरूको चाहना हो । करप्सनको अन्त्य होस्, सुशासन कायम होस् र विधिको शासन रहोस् । यो सपना मेरो पनि हो ।’

उनले आफू राजनीतिमा व्यक्तिगत लाभका लागि नभएर देश रूपान्तरणको आकांक्षा लिएर लागेको जानकारी गराए । ‘अब स्वार्थरहित मन र इमानदार नेतृत्वसहित अगाडि बढ्ने समय आएको छ’ उनले भने ‘जेनजीको भावना बुझौं, कदर गरौं, र समृद्ध नेपालको सपना साकार पारौं ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime