Skip to content

सेयर बजारमा सामान्य गिरावट, १५९ कम्पनीको मूल्य घट्यो

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.१७ अंकले घटेर परिसूचक २५६६.१६ बिन्दु कायम भएको छ ।

कारोबारमा ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको मूल्य बढेको छ ।

कारोबारमा होटल, जलविद्युत, माइक्रोफाइनान्स, ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । कारोबारमा खानीखोला हाइड्रोपावर र उपकार लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime