Skip to content

हिमपातमा फसेका १५ सय जनाको सेनाले गर्यो उद्धार

nabil bank

काठमाडौं । मनाङ्ग जिल्लाको विभिन्न स्थानमा भएको हिमपातको कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानिय प्रशासन, जनप्रतिनिधि, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा उद्धार गरेको जनाएको छ ।

सोमबार गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र ७५० तथा, अन्य क्षेत्रमा अलपत्र परेका व्यक्तिलाई उद्धार गरेको जनाइएको छ ।

उद्धार गरेकाहरुलाई सुरक्षित स्थानमा पुर्याउन सहयोग गरेको सेनाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime