Skip to content

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते

nabil bank

काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालय दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बैठक पश्चात् दिएको जानकारी अनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको हो ।

‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ । स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो‚’ उनले भने ।

त्यस्तै, बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघ २०८२ आइतबारको दिन निर्णय पनि गरेको पनि उनले जानकारी दिए । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिँदैछ । म्याद सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्ड समिट फर सेकेन्ड वल्ड डेभलपमेन्ट कार्यक्रममा सहभागि हुन राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण पनि स्वकीकृत गर्ने निर्णय भएको खरेलले जानकारी दिए ।

यसैगरी छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिँदै सञ्चारमन्त्री खरेलले अब अनलाइनको दर्ता र नवीकरणसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएपछि लागू हुने स्पष्ट गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life