काठमाडौं । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाले ९ वटा ठेक्का तोड्ने तयारी गरेको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना धादिङ्गले विभिन्न ९ वटा निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने ? भन्दै ७ दिने प्रष्टिकरण सोधेको छ ।
आयोजनाले आज सूचना जारी गर्दै ठेक्काहरुको निर्माण कार्यको सम्बन्धमा निर्माण व्यवसायीबाट विभिन्न समयमा पेश गरेको संशोधित कार्यतालिका तथा समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता अनुसार निर्माण कार्य समयमै सम्पन्न नगरेको भन्दै ७ दिने प्रष्टिकरण सोधेको हो ।
आयोजनाले पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत हालसम्म निर्माण व्यवसायीहरुबाट समयमै निर्माण कार्य सकिने गरी निर्माण कार्य सुचारु नगरेको तथा निर्माण कार्यको प्रगति समेत सन्तोषजनक नभएको हुँदा ७ दिन भित्र ठेक्का किन नतोड्ने सम्बन्धी स्पष्ट जवाफ पेश गर्न भनिएको छ ।
स्पष्टिकरण सोकिएका ९ आयोजनामा काठमाडौंको बानेश्वरमा रहेको रविना÷अविशा÷बिकोन जे.भि., कोटेश्वरमा रहेको टिडीआर÷जुगल जेभी, टोखा नगरपालिकामा रहेको ओम बुद्ध ईन्टरनेशनल कन्स्ट्रक्सन प्रा. लि., बौद्धमा रहेको पुष्पाञ्जली÷शिवाको जे.भि, रसुवको धर्म एस. ÷ धुलिखेल ÷ सि.एल.÷ जे.भी रहेको छ ।
यस्तै रसुवाकै बेत्रगंगा बिल्डर्स एण्ड सप्लायर्स प्रा. लि., बानेश्वरको
न्यू के. पि. कन्स्ट्रक्सन प्रा. लि., काठमाडौंमा रहेको सप्तरङ्गी कन्स्ट्रक्सन प्रा. लि. र स्वयम्भुमा रहेको रविना÷श्याम सुन्दर निर्माण सेवा जे.भि. रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्