Skip to content

नेप्सेका कर्मचारीको आन्दोलन ३७ औं दिनमा फिर्ता, सीईओ चापागाई कार्यालय उपस्थित

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीले  गरेको आन्दोलन ३७ औं दिनमा फिर्ता भएको छ। नेप्से कर्मचारी संघले विगत ३७ दिनदेखि आन्दोलन गरिरहेका थिए ।

कर्मचारीले श्रम अदालतले भने अनुसार ५ प्रतिशत बोनस पाउनु पर्ने भन्दै आन्दोलनमा रहेका थिए । नेप्से व्यवस्थापनले श्रम अदालतको आदेश र बोनस ऐनमा भएको व्यवस्था नमिलेको भन्दै श्रम अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ ।

सर्वोच्चले बिपक्षीलाई १५ दिन भित्र छलफलका लागि बोलाएपछि आन्दोलन स्थगन भएको हो । संघका अध्यक्ष नवराज थापाले मंगलबार सर्वोच्चको पत्र आफूले बुझेको बताए । सर्वोच्चको पत्र आएपछि आन्दोलन फिर्ता भएको हो । अदालतमा मुद्दा बिचाराधिन भएपछि आन्दोलन फिर्ता गरेको उनको भनाइ छ ।

नेप्से व्यवस्थापनले असोज २८ गते सर्वोच्चमा दायर गरेको रिटमा कात्तिक २३ गते दुवै पक्षबिच छलफल हुनेछ । कर्मचारीले आन्दोलन फिर्ता लिएपछि सीईओ चूडामणी चापागाई कार्यालयमा उपस्थित भएका छन् ।

आन्दोलनमा रहेका कर्मचारीले सीआई तथा अध्यक्ष हेमन्त बस्याललाई विभिन्न लान्छना लगाउँदै विरोध जनाएका थिए । उनीहरुले अध्यक्ष र सीईओ राजीनामा दिनुपर्ने, हराएका अध्यक्ष र सीईओ खोजी गरिदिनु पर्यो भन्दै आन्दोलन गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime