Skip to content

जेनजी आन्दोलनमा भएको क्षतिको करिब पौने ३ अर्ब बीमा दाबी भुक्तानी

nabil bank
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबी भुक्तानी करिब पौने ३ अर्ब पुगेको छ । आन्दोलनमा भएको क्षतिमा करिब २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । सो मध्ये २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई दाबी भुक्तानी गरिएको हो ।
नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिब १९ अर्ब १ करोड ९४ लाख रुपैयाँ दाबी रकममध्ये करिब २ अर्ब २७ करोड ११ लाख र मोटर बीमातर्फ २ हजार २७० दाबीको करिब ३ अर्ब ४४ करोड २६ लाख रुपैयाँ दाबी रकममध्ये करिब ४७ करोड ७७ लाख भुक्तानी भएको छ ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको करिब ३६ करोड ७९ लाख रुपैयाँ दाबी रकममध्ये करिब ४ करोड ६२ लाख रुपैयाँ र अन्य बीमातर्फ ४० वटा दाबीको करिब ३८ करोड ७२ लाख रुपैयाँ दाबी रकममध्ये करिब २२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम करिब १ करोड ६६ लाख रहेको छ ।
प्रदेशगत रूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोसी प्रदेशमा ३९२ वटा दाबीको करिब २ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ दाबी रकममध्ये करिब ३१ करोड ८४ लाख रुपैयाँ, मधेस प्रदेशमा ३६७ वटा दाबीको करिब ७० करोड ४ लाख रुपैयाँ दाबी रकममध्ये करिब ४ करोड ७१ लाख रुपैयाँ र बागमती प्रदेशमा १ हजार ७२३ वटा दाबीको करिब १७ अर्ब ६१ करोड ६२ लाख रुपैयाँ दाबी रकममध्ये करिब २ अर्ब १५ करोड ५९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा परेका २१६ वटा दाबीको करिब १ अर्ब ६९ करोड २३ लाख रुपैयाँ दाबी रकममध्ये करिब १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको करिब ४७ करोड ४४ लाख रुपैयाँ दाबी रकममध्ये करिब ८ करोड ७८ लाख रुपैयाँ, कर्णाली प्रदेशमा २८ वटा दाबीको करिब ९ करोड ९९ लाख रुपैयाँ दाबी रकममध्ये करिब ९० लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा परेका २०४ वटा दाबीको करिब ३२ करोड ६० लाख रुपैयाँ दाबी रकममध्ये करिब २ करोड ७२ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम करिब २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब १ अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी (पेस्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल २ हजार ८६८ वटा पुनर्बीमा दाबीको करिब  १६ अर्ब ५ करोड १३ लाख रुपैयाँ पुनर्बीमा दाबी रकम रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime