काठमाडौं । एभरेष्ट बैंकको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले सेयरधनीलाई दिने प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर, १४ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को लागि जिपि राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।
यस्तै लेखापरिक्षकको प्रतिवेदन समेत सभाले पारित गरेको छ ।






प्रतिक्रिया दिनुहोस्