Skip to content

राजस्व चुहावट रोक्नेगरी सबै संयन्त्र सक्रिय बनाउन अर्थमन्त्रीको निर्देशन

nabil bank

काठमाडौं । राजस्व चुहावट रोक्न सबै संयन्त्र सक्रिय बनाउन अर्थमन्त्री रामेश्वर खनालले निर्देशन दिएका छन् ।

बिहीबार अर्थमन्त्री खनालको अध्यक्षतामा बसेको केन्द्रीय राजस्व चुहावट समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । राजस्व चुहावट नियन्त्रणका लागि जिल्ला स्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्न निर्देशन दिए । राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले बताए ।

सबै निकायबीच सूचना आदान प्रदान गर्न, जिल्ला स्तरमा सचेतना कार्यक्रम आयोजना गर्ने र समितिका आगामी बैठक अन्य कार्यालयरनिकायमा गर्ने व्यवस्था मिलाउन अर्थमन्त्री खनालले निर्देशन दिए ।

जिल्ला स्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडी संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउने लगायत विषयमा समेत अर्थमन्त्रीले निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, गृहसचिव, अर्थसचिव, सुरक्षा निकायका प्रमुख तथा अर्थ मन्त्रालय मातहतका विभागका प्रमुखहरूको सहभागिता थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime