Skip to content

डालाबँसीमा लेदो र ढुङ्गा खसेपछि बीपी राजमार्ग अवरुद्ध

nabil bank

धुलिखेल । वर्षाका कारण बीपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ ।

रोशी–७ स्थित चारसय बेंसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताए ।

जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधन बाहेकका सवारीसाधन आवागमनमा निषेध गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime