Skip to content

पेट्रोलको मूल्य यथावत, डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

nabil bank

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य यथावत राखेको नै छ ।

डिजेल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँले घटाइएको छ । नयाँ मूल्य आज राति १ बजेपछि लागू हुने निगमले जनाएको छ ।

आज बसेको सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको मूल्य यथावत राखेको जनाएको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर ७ अमेरिकी डलरले बढाइएको निगमले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime