काठमडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियानले पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ ।
यो संगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षै घेरा तोडेर अभियान सम्वद्द समुह पार्टी कार्यालयको गेटसम्म पुगेको हो । उनीहरूले नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग सहित प्रदर्शन गरिरहेका थिए ।
पार्टी कार्यालयको प्रांगड्मा जान गेट बन्द गरिएसंगै उनीहरूले बाहिरै बसेर नारावाजी गरिरहेका छन् ।उनीहरूले “नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति बिघटन गरियोस् १ आम कांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस् १” लगायतको नारा लगाएका छन् । जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसंगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जांचबिना प्रवेश रोकिएको छ ।







प्रतिक्रिया दिनुहोस्